Banner Page
 
Kalywood News
 
| २३ औं दिन पनि कैलाली र कञ्चनपुर बन्द | | आइपिएलमा डेक्कनले राजस्थानलाइ पराजित गर्यो | | अन्तरिम संविधान संसोधनको तयारी | | राजधानीका १२ स्थान निषेधित क्षेत्र घोषणा | | होडुरसका कैदीद्वारा कारागार कब्जा | | एमालेलाई परराष्ट मन्त्रालय, काँग्रेसलाई रक्षा | | २०६९ साल जेष्ठ ६ गतेको राशिफल | | चुडिँदैछ सारङ्गीको तार |
प्रमुख समाचार
एमालेलाई परराष्ट मन्त्रालय, काँग्रेसलाई रक्षा
काठमाडौं, जेठ ६, प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मन्त्रीहरुको कार्यविभाजन गर्नुभएको छ । शुक्रबार बेलुकी सिंहदरवारमा बसेको मन्त्री परिषद्को बैठकले २७ वटा मन्त्रालय निर्माण गरी कार्यविभाजन गरेको हो ।

सहरी विकास र गरीवि निवारण दुई मन्त्रालय थप गरिएको छ भने संस्कृतीलाई नागरिक उड्डयनमा र वातावरणलाई विज्ञान तथा प्रविधि मन्त्रालयमा गाभिएको छ । उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलालाई रक्षा र कानून मन्त्रालयको जिम्मेवारी थपिएको छ भने अर्का उपप्रधानमन्त्री ईश्वर पोख्रेललाई परराष्ट, कृषि तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै पोष्टबहादुर बोगटीलाई पर्यटन तथा संस्कृती, वर्षमान पुन अनन्तलाई अर्थ, दिनानाथ शर्मालाई शिक्षा, टोपबहादुर रायमाझीलाई शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

उद्योग मन्त्रालयको जिम्मेवारी अलिन झालाई, सामान्य प्रशासनको सूर्यमान गुरुङ्गलाई, वाणिज्य तथा आपूतिको जिम्मेवारी परशुराम खापुङ्गलाई, उर्जा मन्त्रालयको जिम्मा राधा ज्ञवालीलाई, भूमिसुधारको चन्द्रदेव जोशीलाई, केशवमान शाक्यलाई वातावरण तथा विज्ञान र एकनाथ ढकाललाई सहकारी तथा गरीवि निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रमुख हेडलाइनहरू
  • २३ औं दिन पनि कैलाली र कञ्चनपुर बन्द
  • आइपिएलमा डेक्कनले राजस्थानलाइ पराजित गर्यो
  • अन्तरिम संविधान संसोधनको तयारी
  • राजधानीका १२ स्थान निषेधित क्षेत्र घोषणा
  • होडुरसका कैदीद्वारा कारागार कब्जा
  • एमालेलाई परराष्ट मन्त्रालय, काँग्रेसलाई रक्षा
  • २०६९ साल जेष्ठ ६ गतेको राशिफल
  • चुडिँदैछ सारङ्गीको तार
  • जनकपुरमा भएको बमकाण्डका योजनाकार सार्वजनिक
  • राप्रपा नेपालको बन्दका कारण जनजीवन प्रभावित
  • चिलीमा भूकम्पको झड्का
  • फेसबुकको एक शेयरको मूल्य ३८ डलर
  • डोटीमा बस दुर्घटना, २७ यात्रु घाइते
  • दिल्लीलाई बेंगलोरले हरायो
  • आइपिएल क्रिकेटमा पञ्जावले चेन्नईलाइ हरायो
  • ताजा समाचार
    २३ औं दिन पनि कैलाली र कञ्चनपुर बन्द

    कैलाली, जेष्ठ ६, बृहत मधेशी मोर्चा र राना थारु समाजले गरेको बन्दका कारण आज २३ औं दिन पनि कैलाली र कञ्चनपुर जिल्ला खुल्न सकेको छैन । अखण्ड सुदूरपश्चिमको माग गर्दै गरिएको बन्द फिर्ता भएपनि अन्य समुदायले बन्द कायमै राखेका हुन् । मधेशी मोर्चाले गरेको बन्दमा राना थारु समाजले छुट्टै स्वायत्त राज्यको माग गर्दै गरेको बन्द थपिएको हो । कैलाली र कञ्चनपुरबाहेकका सुदूरपश्चिमका पहाडी जिल्लामा भने बन्दको प्रभाव परेको छैन ।
    अन्तरिम संविधान संसोधनको तयारी

    काठमाडौ, जेठ ६, व्यवस्थापिका संसदको शनिवारको बैठकमा अन्तरिम संविधान संशोधन गर्ने तयारी छ । नयाँ बन्ने संविधान पारित गर्नको लागि छोटो प्रकृया अपनाउन अन्तरिम संविधानको धारा ७० संशोधन गर्न लागिएको हो । संशोधन प्रस्ताव शुक्रवार नै पेश भैसकेको छ ।

    दिउँसो तीन बजे बस्ने संसद बैठकले संविधान संसोधन गर्नेछ ।

    राजधानीका १२ स्थान निषेधित क्षेत्र घोषणा

    काठमाडौँ, जेठ ६, नयाँ सविधान जारी गर्ने समय नजिकिंदै गर्दा सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी काठमाडौँ महानगरपालिकाभित्रका १२ स्थानमा निषेधित घोषणा गरिएको छ। काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेद्वारा जारी निषेधित क्षेत्रको आदेश शनिबारबाट लागू हुनेछ।
    अन्तर्वार्ता
    गीतको माध्ययमले मानिसमा चेतनाको विकास गर्छः लोकगायक बुद्धिकृष्ण लामिछाने
    वि.सं. २०१२ साल श्रावण १ गते शनिबार, भक्तपुर जिल्लामा जन्मिनुभएका नेपालका चर्चित लोकगायक बुद्धि कृष्ण लामिछानेले 'पिढिमा बसेर मेरै बाटो हेरेर, मेरी आमा रूँदिहुन...' गीतबाट आफ्नो लोकगीतको यात्रा अघि बढाउँनुभएको हो । उहाँले वि.सं. २०३५ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उतिर्ण गर्नुभएको थियो । उहाँले अहिले सम्म १ सय भन्दा धेरै लोकगीतहरू गाईसकेको बताउँनुहुन्छ । बालककालदेखिनै गीत संगीतमा प्रभाव परेर उहाँले गीत गायन शुरू गर्नुभएको हो ।गाउँमा पुजाआजामा गाईने गीत, असारे गीत तथा विवाहका बेला गाईने गरिएको रत्यौलीमा अरूले गाएको गीत सुनेर त्यसको प्रेरणाबाट लोकगीत पट्टि रूची बढेको बताउनुहुन्छ गायक बुद्धिकृष्ण । त्यतिबेला देखि अहिले सम्मनै नेपालीहरूको जनजिव्रोमा झुण्डिएको 'घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर, कसलाई दिउँ यो जो वन' नै उहाँले गाएको पहिलो गीत हो । गायक बुद्धि कृष्ण लामिछानेसंग लोक संगीतको हरेक पक्षका बारेमा हाम्रा सम्बाददाताले गरेको कुराकानी ।

    @ तपाईको पहिलो गीत कुन हो ?

    - मैले पहिलोपटक रेडियो नेपालबाट स्वर परीक्षा दिँदा गाएको 'घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर, कसलाई दिउँ यो जोवन' यो नै मेरो पहिलो गीत हो । यो गीत त्यतिबेला देखि चर्चित भयो र अहिले सम्म पनि उत्तिकै नेपाली श्रोताहरूले मन पराउँनु भएको छ ।

    मनोरञ्जन
    शुक्रवारबाट दुई नयाँ फिल्म प्रदर्शनमा

    काठमाडौ, बैशाख २२ गते शुक्रबारदेखि नेपाली चलचित्रहरु ‘फूल’ र ‘सम्झिराख है’ प्रदर्शनमा आउन लागेका छन् । शिब रेग्मीको निर्देशन रहेको ‘फूल’ देशभरि प्रदर्शन हुदैछ भने रेम बिकद्वारा निर्देशित ‘सम्झिराख है’ काठमाडौ बाहिरका केही हलबाट रिलिज हुदैछ । ‘फूल’हास्यप्रधान र नारी संवेदना उठान गरेको चलचित्र हो । सन्जितकुमार कानु (बब्लु), चन्द्र ओझा श्रेष्ठ, सुनील श्रेष्ठ, यमनाथ दनै र क्रन्दन मास्केले संयुक्त रूपमा निर्माण गरेको ‘फूल’मा राजबल्लभ कोईराला, निरज बराल, गरिमा पन्त, निर शाह, युवराज लामा, सिर्जना बस्नेत, राजाराम पौडेल लगायतले अभिनय गरेका छन् । त्यसैगरी कविता खकुरेलले निर्माण गरेको फिल्म ‘सम्झिराख है’ सामाजिक प्रेमकथामा आधारित छ । सुमन सिंह, जीके शर्मा, गणेश गिरी, अर्चन केसी, प्रेम पुरी, रविन्द्र खड्का, सुशील पोखरेल लगायतका कलाकारहरु रहेको ‘सम्झिराख है’ हाँस्य रस र को साथमा संवेदनाले भरिएको छ । ‘सम्झिराख है’बाट नवनायिका अस्मिता कँडेलले डेब्यू गरेकी छिन् ।  [...पुराना न्यूजपेपरहरु...]

    हाम्रो बन्धु समाज
    कहाँबाट कहिले आए उपत्यकामा लामिछाने ?

    काठमाडौं, काठमाडौं उपत्यकामा लामिछानेको प्रबेश कहिले भयो र उनीहरु कहाँबाट आएका हुन भन्ने बारेमा खोजी गर्दा बि सं. १७९० मा गोरखाबाट आएको विभिन्न अभिलेखबाट देखिन्छ । गोरखाका तत्कालिन युवराज पृथ्बीनारायण शाहले भक्तपुरका राजा रणद्धिप मल्लका छोरा सिद्धिनरसिंह मल्लसँग मित लगाएका थिए । उनैको निमन्त्रणामा तत्कालिन युवराज पृथ्बीनारायण शाह मितको देश घुम्न आउँदा ज्योतिषलाई साथमा लिएर हिँड्ने राजपरिवारको
    कुल, धर्म र हामी गर्गगोत्री

    मानिस स्वभावैले आरिसे प्राणी हो । चाहे ऊ युरोपमा होस् वा अमेरिकामा होस् वा चन्द्र धरातलमै पुगेर फर्केका पैंताला किन नहुन्, उसलाई शान्ति छैन । ऊ अब मंगल ग्रहमा जाने तरखरमा छ । एकातिर गरिब मुलुकमा जन्मिएर निर्धन सावित भएको एउटा गरिब पनि आँगनमा गोबरको कुण्ड बनाएर होस् वा विभिन्न बारको ब्रत बसेर होस्, ऊ आफ्नो इच्छा मुताबिक चन्द्र-सुर्यको आराधना गरी मन शान्त पारिरहेछ । यसरी त्यही धर्तीका एक भाइले पैंतालले कुल्चेर फर्किएको चन्द्रमालाई अर्को भाइले आँगनमा चन्दन अक्षताले पूजा गरिरहेछ ।
    बास्तोला वंशज र ऐतिहासिक तथ्य

    'धर्मो रक्षति रक्षितः- सूक्ति । धर्मले हामी सबैलाई रषा गर्दछ । त्यसकारण हामी सबैले धर्मको रक्षा गर्नुपर्दछ । मानिसले धारण गर्ने असल कर्म नै धर्म हो । धर्मले कर्मवादी विचारलाई प्रश्रय दिन्छ । जहाँ सच्चा धर्म हुन्छ, त्यहाँ ज्ञानको उदय हुन्छ अनि मानवजातिकै जय-कल्याण हुन्छ ।
    तश्विर समाचार

    फ्रिडम टावर

    अमेरिका सबैभन्दा अग्लो भवन फ्रिडम टावर न्यूयोर्क, अमेरिकी शहर न्यूयोर्कमा त्यस ठाउँमा एक गगनचुम्बी भवनको निर्मण भैरहेको छ, जुन ठाउँमा कुनैबेला २ वटा ट्विन टावर हुने गर्दथे । यी दुई टावर आतंकवादी आक्रमणमा ध्वष्त भएका थिए ।

    यो भवन न्यूयोर्क शहरकै सबैभन्दा अग्लो भवन हुनेछ । सोमवार यस भवनमा निर्माणका क्रममा स्टीलको खम्बाहरू जोडिएका छन् । जसका कारण यसको उचाई ३८१ मिटर भन्दा केही बढि भएको छ ।

    यसका साथै यो भवन, एम्पायर स्टेट बिल्डिङ भन्दा ठुलो हुँदै गएको छ । यस टावरको नाम फ्रिडम टावर राखिएको छ । यस भवनमा अहिले तल्ला थप्ने काम भैरहेको छ, यो कार्य अझै एक बर्षमा पुरा हुने छाँट देखिंदैन् । निर्माण कार्य पूरा भएपछि अमेरिकाको सबैभन्दा ठुलो भवनको रूपमा औपचारिक घोषणा गरिने बताइएको छ ।

     [...बाँकी तश्विरहरू...]

    विचार
    नेपालले चाहेमा भारतसँग आफ्नो भूमि फिर्ता लिन सक्छ

    -राज कुमार लामिछाने-

    एकताका प्रतिक पृथ्बीनारायण शाहले नेपाल एकिकरण गरिरहँदा बेलायत सरकारद्धारा भारतमा आफ्नो अधिकार जमाई सकेको थियो । नेपालको एकीकरण कार्यलाई वाधा पु¥याउने नियतबाट तत्कालिन इस्ट इन्डिया कम्पनीद्वारा कतिपय नेपालका भूभागलाई आफ्नो भनी दावी गरे पछि नेपाली वीर योद्धाद्वारा त्यसको प्रतिकार गरी उनीहरुको योजनालाई पूर्णत विफल बनाउन सफल भएका थिए । पछि नेपालको भौगोलीक सीमालाई नियन्त्रण गर्ने उद्देश्यले सन् १८१५/१८१६ मा सुगौली सन्धि गरियो ।

    मधेशवाद, राष्ट्रियता र भोलिको नेपाल

    राजाराम अधिकारी

    खासगरी वाद भन्ने शब्दसँग विश्व परिवर्तनसँगै पैदा हुँदै गएको पाइन्छ भने विश्वको विभिन्न इतिहास र कालखण्डसँगै विश्वमा क्रान्तिका नयाँ–नयाँ प्रलय र विचारहरू पैदा हुन्छ र त्यसैको जगमा सम्पूर्ण जनतालाई आकर्षित गरेर र आन्दोलनमा होमेर क्रान्तिको जनलहर पैदा गरेको पाइन्छ । खासगरी १७ औं शताब्दीमा रूसो, १८ औं शताब्दीमा मस्क्यूटो, सँगसँगै हिटलरको नाजीवाद, माओवाद, लेनिनवाद, गान्धीवाद र लोकतान्त्रिक समाजवाद, साम्यवादको विकास भएको पाइन्छ । खासगरी वाद हुनलाई दर्शन, विचार,

    प्रवास खबर
    भि सी कप फुटबलको तयारी पुरा

    लण्डन । लण्डनस्थित नेपालीहरुको साझा संस्था गोर्खा नेपलिज कम्युनीटि लण्डन बरो अफ हन्स्लोले आयोजना गर्ने भिसी कपको तयारी पुरा भएको छ । आउंदो मे २६ मा फेल्थाम कम्युनीटि स्कुलमा हुने उक्त भिसी कपको सम्पुर्ण तयारी पुरा भएको संस्थाका अध्यक्ष विष्णु बहादुर गुरुङले जानकारी दिए ।
    यूएईमा कार्यपत्र घोषणा गर्दै आदिबासी जनजाती युवा परिषद गठन

    यहि १५ मार्चका दिन यूएईको आइकार्ड एरियामा सम्पूर्ण आदिवासी जनजातिहरुको प्रतिनिधित्तो भएको बृहत भेला संम्पन्न भएको छ । यूएईमा कार्यरत सामाजिक संघ सस्थामा बिशेष रुपमा स्थापितहुन सफल सचेत जनजातिका युवाहरुले दबाबमूलक रुपमा आदिवासी जनजातीहरुको अधिकार र जातीय सम्मानलाई अब बन्ने सम्बिधानमा ग्यारेन्टी गर्न दबाब दिने उद्देश्य सहित यो नयाँ संरचनाको गठन गरिएको बताईन्छ ।
    प्रवासी तामाङ एकता समाज मलेसियाको जोहोर कमिटी गठन

    क्वालालम्पुर । प्रवासी तामाङ एकता समाज मलेसियाको जोहोरको अध्यक्ष आनन्द तामाङलाई चयन गरिएको छ । क्षेत्रिय कमिटी गठन गरिएको छ। जोहारको कुलाईमा आईतवारका एक कार्यक्रमको आयोजना गरी तामाङको अध्यक्षतामा जोहोर क्षेत्रिय कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा नैनसिंह तामाङ, सचिवमा दुर्गा तामाङ, सह-सचिवमा प्रदिप तामाङ र कोषाध्यक्षमा पदम तामाङ रहेका छन् ।
    रिपोर्ट
    चुडिँदैछ सारङ्गीको तार

    तानसेन, ४ जेठ। कहाँ गयो जीवनको धनी, के भनेर बसौँला मै पनि’ भन्दै सारङ्गी रेटेर गीत गाउँदै कसैलाई नचाउने कसैलाई रुवाउने गर्न्धर्व समुदायको पुर्ख्यौली पेसा अहिले लोप हुने अवस्थामा पुगेको छ।

    युवापुस्ता सारङ्गी बजाउने पेसातर्फ आकषिर्त नभएपछि गर्न्धर्व समुदायको पुर्ख्यौली पेसा अहिले सड्ढटमा परेको हो। सारङ्गी बजाएर मीठो धुन निकाल्दै गीत गाएर अरूलाई नचाउने कला भएका गर्न्धर्वहरू अहिले वैकल्पिक पेसाको खोजीमा छन्। सारङ्गी रेट्दै

    हिटलरका नयाँ पेन्टिङ फेला

    धेरैले जर्मनीका हिटलरलाई ६० लाख यहुदीको हत्या गराउने क्रुर तानाशाह भनी चिन्ने गर्छन् । दोस्रो विश्वयुद्धताका उनले करिब ६० लाख यहुदीको नरसंहार गराएका थिए । रुसमा उनले लाखौँको हत्या गराएका थिए । लाखौँ मानिसको हत्याका लागि जिम्मेवार ठहर्याईएका हिटलर कलाका पारखी थिए भन्ने सुन्दा तपाईंलाई आश्चर्य लाग्न सक्छ ।
    साहित्य
    गजल- दुर्गा लामिछाने

    नजर फेरिँदै जान्छन् समय बित्दै जाँदा
    सफर फेरिँदै जान्छन् समय बित्दै जाँदा

    नभन्नु म यस्तै रहन्छु सधैंभरी नै
    रहर फेरिँदै जान्छन् समय बित्दै जाँदा

    अर्काकाँ त खोलो पस्या हो नि भनेर नहाँस्नु
    बगर फेरिँदै जान्छन् समय बित्दै जाँदा

    कथा- सधैँ एकनास हुँदैन जिन्दगी- हेमराज ढकाल (सुमन)

    ऊ अत्यन्तै राम्री थिई । कालो बर्ण, कालै आँखा, लामो कपाल, ऊ विहानै झुल्कन लागेको घामलाई हल्का बादलले छेकेजस्तो सेतो दन्तलहर देखाउँदै यहि बाटो सधैँ आउने जाने गर्थी । घरबाट क्याम्पस जान बस चढ्न जब बस विसौनीमा पुग्थी विहानै माघको चिसो हावाको सिरेटोले उसलाई छोएर जन्थ्यो । त्यो सडकमा सयौं युबकहरु उज्यालो मन्द मन्द हुँदै परेको विहानीमा मोटर साईकलको लाइट बालेर ऊ नजिकै पुग्दा आँखा झिम्काए झै लाइटलाई झिम
    पर्यटन
    प्रकृतिको सुन्दर धरोहर – इलाम

    प्रकृतीको बेजोड सौर्न्दयलाइ जुन दिन सृष्टिले रच्यो त्यसको बिसाउनी भने आजको बादल भित्रको हरियाली गाँउ इलाम बनेको छ । घुम्टो भित्र सिंगारिएकी बेहुली जस्तै हरियाली भित्र इलाम सिंगारीएका छन । प्रकृतीको काखमा रमाउँनेहरुका लागि त इलाम आज बालकका लागि आमा जत्तिकै प्यारी छिन । उत्तिस, बाँस, घाँस नमूनाहरुले इलामको महिमालाई उच्च बनाएका छन। देशभित्र र बाहिरबाट आउने कैयौं पर्यटकहरुलाई इलामको हरियालीले साँच्चै मन्त्र मुग्ध तुल्याएका
    धरानको सौन्दर्यः भेडेटार

    उत्तरतिर कञ्चनजंगा, मकालुलगायतका हिम शृंखलाको मधुर तर रमणीय दृश्य, दक्षिणतिर सप्तकोसीसँगै तराईका सुनौला फा“टहरू । चिसो मौसम अनि छेउबाटै नागबेली सडक धरानतिर झरेको दृश्य कम्ती रमाइलो लाग्दैन । गोधूलिसाँझको दृश्यले पनि उस्तै मादकता दिन्छ । त्यसैले त आन्तरिक पर्यटकहरूका लागि उपयुक्त स्थल बनेको छ, भेडेटार । समुद्री सतहदेखि १ हजार ४ सय ३० मिटरको उच्च पहाडी क्षेत्रमा रहेको भेडेटारमा धरानदेखि १६ किलोमिटर उत्तरमा पर्छ ।
    खेल समाचार
    आइपिएलमा डेक्कनले राजस्थानलाइ पराजित गर्यो

    जेठ ६, भारतमा जारी इन्डियन प्रिमियर लिग आइपिएल ५ क्रिकेट खेलमा मा शुक्रवार राती डेक्कन चार्जर्स्ले राजस्थान रोयल्सलाई ५ विकेटले हराएको छ । १ सय २७ रनको लक्ष्य डेक्कनले १८ दशमलव ४ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो । यस हारसंगै राजस्थान आईपीएलको प्लेअफमा स्थान बनाउन असफल भएको छ । अहिले सम्म खेलेका १५ खेलमध्ये ३ मा मात्रै जीत हात पारेको डेक्कन भने यसअघि नै प्लेअफको होडबाट बाहिरिई सकेको छ ।
    दिल्लीलाई बेंगलोरले हरायो

    जेठ ५, भारतमा जारी इन्डियन प्रिमियर लिग आईपिएल ५ क्रिकेटको बिहीबार रातीको भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले दिल्ली डेयर डेभिल्सलाई २१ रनले हराएको छ । २ सय १६ रनको लक्ष्य पच्छ्याएको दिल्ली १ सय ९४ रनमा समेटियो । बेंगलोरका लागि जाहिर खान र प्रशान्त परमेश्वरनले समान ३/३ विकेट लिएका थिए ।
    Untitled Document
    भिडियो समाचार

    थप भिडियो समाचारहरु
    ----------------------------------
    जिरे खुर्सानी चैत्र २७ गते- भाग १

    ----------------------------------
    जिरे खुर्सानी चैत्र २७ गते- भाग २

    ----------------------------------
    जिरे खुर्सानी चैत्र २७ गते- भाग ३

    ----------------------------------
    मेरी बास्सै चैत्र २५ गते भाग ३

    ----------------------------------
    मेरी बास्सै चैत्र २५ गते भाग २

    रासिफल
    २०६९ साल जेष्ठ ६ गतेको राशिफल
    आज मिती २०६९ साल जेष्ठ ६ गते शनिबार, तदअनुसार मे महिनाको १९ तारिख २०१२, चतुर्दशी, तिथीको राशिफल यस प्रकार छ ।

    मेष (चू चे चो ला ली लु ले लो अ):
    हाँसखेल र मनोरञ्जनपूर्ण समय छ। विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ। माया प्रेममा फसिने बेला छ, तपाई धेरै उम्किन प्रयास नगर्नु होला।

    गर्ग बन्धु गतिविधि
    धर्म र संस्कृति
    धार्मिक कथा
    एउटा गाउँमा ब्रम्हण देखि तल्लो जातीका मानिसहरु बस्दथे । तिनीहरु मध्ये एकजना कृष्णका भक्त बृद्ध ब्राम्हण पनि बस्दथे, जसलाई सबैले बाजे भनेर बोलाउने गर्दथे । विभिन्न जात जातीका मान्छे बसोवास गरेतापनि खानेपानीको कुवा भने एउटै थियो । ति बाजेलाई आफ्ना भगबान कृष्णलाई अरु जातले छोएको पानी नचढाउन पाए हुन्थ्यो भन्ने लाग्दथ्यो । त्यसैले उनी बिहान सकेसम्म चाँडै कुवामा पानी लिन जाने गर्दथे । एकदिन उनीभन्दा पहिला त्यहि गाउँकी सार्कीकी तरुनी छोरीले कुवाबाट पानी भरेको देखे । बाजेलाई त्यस कुवाको पानी लिन अप्ठेरो लाग्यो ।
    Untitled Document
    अनलाइन नेपाली चलचित्र


    अनलाइन नेपाली चलचित्र- 'डर'
    अनलाइन हिन्दी चलचित्र


    अनलाइन हिन्दी फिल्मः प्लेयर (२०१२)

      मुख्य पृष्ठ हाम्रो बारेमा सम्पर्क इमेल समाचार पठाउँनुहोस् ।                  
    Copyright © 2012, HamroSamaj. All Rights Reserved. Free counter and web stats